Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

सभामुख घिमिरेले गरे सहिद चन्द्र मार्गको शिलान्यास

रासस
४ मंसिर २०८०, सोमवार

झापा : विर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिलान्यास गरेका छन् ।

विर्तामोड नगरपालिका–४ देखि वडा नं ३ को आदर्श चोक नडियाबारी हुँदै वडा नं ९ को हल्दिबारी गाउँपालिकाको सम्झना चोकसम्म जोड्ने एक हजार दुई सय मिटर लम्बाइको सडकको सभामुख घिमिरेले शिलान्यास गरेका हुन् । सो अवसरमा उनले निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न आग्रह गरे ।

सडक बोर्डले गत वर्ष विनियोजन गरेको  एक करोड र चालु आर्थिक वर्षको  एक करोड १० लाख गरी रु दुई करोड १० लाखको लागतमा सडक निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनका अनुसार सडक बोर्डले मुलुकमा विशेष महत्वका सडकलाई लक्षित गरेर बजेट विनियोजन गर्दै आएको छ ।

उनले पहिलो चरणमा बन्ने चार सय ५० मिटरको सडकको गत कात्तिक २० गते जनकपुरको एसडीएम कन्स्ट्रक्सन कम्पनीसँग रु ६० लाखमा विसं २०८१ असार मसान्तसम्ममा सकिने गरी ठेक्का सम्झौता भइसकेको जानकारी दिए । बाँकी रहेको आठ सय मिटर सडक  एक करोड १० लाखको रकममा बन्ने गरी टेन्डर प्रक्रियामा गइसकेको उनको भनाइ छ ।

View : 418

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved