विराटनगर । विश्वप्रसिद्ध घरायसी उपकरण ब्रान्ड बेकोले नेपालीहरूको महान चाड दसैँलाई लक्षित गर्दै ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ नामक विशेष उत्सव योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत बेकोका विभिन्न घरायसी उपकरण खरिद गर्दा उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक तथा सहज किस्ताबन्दी सुविधा प्राप्त गर्नेछन् ।
योजनामा बेकोका रेफ्रिजेरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा फ्रिस्ट्यान्डिङ ओभन लगायतका उत्पादन समावेश छन् ।
वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, डिशवाशरमा २ वटा वाशिङ ट्याब्लेट, फ्रीस्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजेरेटर खरिदमा इलेक्ट्रिक केटल निःशुल्क उपलब्ध गराइनेछ ।
त्यस्तै एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा दिइने कम्पनीले जनाएको छ । उपभोक्ताले ३० हजार २०० सम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार बेकोले आफ्ना उत्पादनमा शतप्रतिशत पार्टपुर्जा उपलब्धता तथा सर्भिस सुनिश्चित गर्नुका साथै १२ वर्षसम्मको मोटर वारेन्टी प्रदान गरेको छ ।
दसैँको अवसरमा परिवारसँग बिताइने हरेक पललाई अझ सहज र खुसीमय बनाउने उद्देश्यले विशेष योजना ल्याइएको बेकोले जनाएको छ । आधुनिक प्रविधि, आकर्षक डिजाइन र उपयोगी सुविधासहितका घरायसी उपकरणमार्फत उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउने कम्पनीको भनाइ छ ।
चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा बेकोका उत्पादन उपलब्ध गराउँदै आएको छ ।
बेकोका उत्पादनहरू नेपालभर सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत खरिद गर्न सकिनेछ ।
बेकोको दसैँ विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved