विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको अध्यक्षमा विराटनगरका गोपाल अग्रवाल र महासचिवमा विराटनगरकै मोहित लालवानी निर्वाचित भएका छन् ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको असोज ३ र ४ गते चितवनको सौराहामा सम्पन्न पाँचौँ महाधिवेशनबाट विराटनगरका गोपाल अग्रवाल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी, मोहित लालवानी महासचिव पदमा निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
यस अघि युवा संगठनमा अग्रवाल राष्ट्रिय उपाध्यक्ष र लालवानी सचिव पदको जिम्मेवारीमा रहेका थिए । लालवानी मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष पनि हुन् ।
महाधिवेशनमा विभिन्न २६ वटा मारवाडी युवा संगठनका २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका थिए ।
सुरेन्द्र गोल्छा निर्वाचन प्रमुख र फूलकुमार लालवानी सहप्रमुख रहेको निर्वाचन मण्डलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेका थिए ।
View : 167
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved