Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विभिन्न मुद्दाका फरार सात पक्राउ

उद्‌घोष संवाददाता
२२ वैशाख २०८३, मङ्गलवार

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका सात जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

प्रहरीका अनुसार मोरङ जिल्ला अदालत विराटनगरबाट दोषी ठहर भई फरार व्यक्तिहरूलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरुमा विराटनगर–११ का गणेशप्रसाद सहनीे र कैलाश सहनी, विराटनगर–३ की भीमा तुम्बापो, विराटनगर–१३ का विजयशंकर झा, विराटनगर–१४ का सन्तोष पुरी, मोरङ जहदा–२ का प्रविण देव र पथरीशनिश्चरे–२ का बन्धेश्वर खनाल छन् ।

प्रहरीका अनुसार उनीहरू सार्वजनिक अपराध, चेक अनादर, बैंकिङ कसुर, कुटपिट तथा खाता सञ्चालनसम्बन्धी कसुरमा दोषी ठहर भएका थिए । 

अदालतले तोकेको जरिवाना तथा सजाय भुक्तानका लागि उनीहरूलाई अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

View : 100

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved