Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

यात्रुको ल्यापटप र नगद फिर्ता गर्ने सिटी सफारी चालक रमेश कामत बने सुरक्षित चालक

उद्‌घोष संवाददाता
१५ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत दर्ता भएका सुरक्षित चालक नम्बर ९७० का रमेश कामतलाई सम्मान गरेको छ ।

सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको अभियानमा आबद्ध चालक कामतले सिटी सफारीमा छुट्न गएको यात्रुको ल्याप्टप, नगद ३० हजार रुपैयाँ तथा एटीएम कार्डहरू रहेको झोला फेला पारी सम्बन्धित यात्रुलाई सुरक्षित रूपमा फिर्ता गरेका थिए ।

उनले देखाएको इमान्दारिता, नैतिकता तथा मानवताको उच्च उदाहरणको कदर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबार आयोजित एक कार्यक्रममा प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो ।

View : 124

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved