Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

अज्ञात समुहको गोलीले देवानगञ्जमा युवक घाइते

उद्‌घोष संवाददाता
३ असोज २०८३, शनिवार

Advertisement

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा शनिबार साँझ अज्ञात समुहको गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

गोली लागेर स्थानीय निरज यादव घाइते भएको देवानगञ्ज–१ का वडाध्यक्ष सूर्यनारायण पालले बताए ।

यादव तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुनसरीका डीएसपी चन्द्र खड्काले आफु घटनास्थलमा पुगिसकेको र गोली चलाउने व्यक्तिको पहिचान नखुलेको बताए । 

युवकमाथि कुन उदेश्यले गोली प्रहार भएको हो र कसले प्रहार गरेको हो भन्ने नखुल्दा स्थानीय समुदाय त्रसित बनेका छन् । घटनापछि तत्कालै देवानगञ्जमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भइसकेको जनाइएको छ ।

यसअघि देवागञ्जमै दुई युवा समुहबीचको झगडालाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर चारजनाको ज्यान गएको थियो । त्यसपछि उक्त घटना साप्रदायिक रुपमा चर्किंदा हिंसान्मोख भएको थियो । 

View : 86

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved