Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

विरहीको तेह्रथुमको साहित्यिक इतिहास लोकार्पण

उद्घोष सम्वाददाता
९ फागुन २०८०, बुधवार

सुन्दरहरैंचा । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण भएको छ ।

एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विरहीको पछिल्लो नवौं कृतिको सहरी विकास मन्त्री सीता गुरुङले लोकार्पण गरेकी हुन् ।

सो अवसरमा बोल्दै मन्त्री गुरुङले विरहिको कृतिले तेह्रथुमलाई चिनाउन मद्दत पुग्ने बताइन् । 

कार्यक्रममा प्रध्यापक डा खगेन्द्रप्रसाद लुइटेल, नारी श्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुल, लेखक तथा अन्वेषक भगिराज इङनाम, एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ लगायतले कृतिबारे चर्चा गरेका थिए ।

लेखक केशु विरहीले आफूले सो कृति लेख्नकै लागि भनेर डेढ वर्षको पूरै समय खर्चेको बताए ।

View : 172

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved