Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

साना पाइला र रोटरी सेन्ट्रलको आयोजनामा निःशुल्क डेन्टल तथा मेन्टल शिविर

उद्‌घोष संवाददाता
२३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । साना पाइला मोरङ र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा डेन्टल तथा मेन्टल हेल्थ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवासँगको सहकार्यमा एक दिने शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह, साना पाइला मोरङकी अध्यक्ष तथा दन्त रोग विशेषज्ञ डा. मीरा आचार्य, नेपाल डेन्टल एशोसिएसन मोरङकी उपाध्यक्ष डा. निमिसा दास र मानसिक रोग विशेषज्ञ डा.सविता खड्काको टोलीले शिविरमा चेकजाँज गरेको जनाइएको छ ।

कार्यक्रममा प्रहरी तालिम केन्द्रका निमित्त समादेशक प्रहरी नायव उपरीक्षक गुरुप्रसाद तिम्सिना, प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बु लगायत प्रहरी प्रशिक्षार्थीहरू गरी दुई ७० जनाको निःशुल्क दात, मुख परीक्षण तथा ब्रस टुथपेष्ट वितरण गरिएको थियो । 

उक्त अवसरमा तालिम केन्द्रका निमित्त समादेशक प्रनाउ तिम्सिनालाई साना पाइला मोरङकी अध्यक्ष डा. आचार्यले क्यान्सर रोग तथा स्वास्थ्य बीमा सम्बन्धि जनचेतना फैलाउने सन्देशमुलक व्यानर हस्तान्तरण गरेकी थिइन् ।

View : 359

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved