Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

जानकी सेवा सदनमा लिफ्ट सञ्चालन

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा करिब ३० लाख रुपैयाँको लागतमा सो लिफ्ट निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
उद्‌घोष संवाददाता
६ वैशाख २०८३, आइतवार

विराटनगर ।  विराटनगर–९ स्थित ऐतिहासिक सामाजिक संस्था जानकी सेवा सदनमा जडान गरिएको अत्याधुनिक लिफ्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ । आइतबार आयोजित एक विशेष समारोहका बीच विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रिबन काटेर लिफ्टको उद्घाटन गरे । 

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा करिब ३० लाख रुपैयाँको लागतमा सो लिफ्ट निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।  

उद्घाटन मन्तव्यका क्रममा मेयर कोइरालाले महानगरपालिकाले शहरी सामाजिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताए ।  उनले सामुदायिक भवन तथा संरचनाहरूलाई सबैको पहुचमा पु¥याउने महानगरको लक्ष्य अनुरूप जानकी सेवा सदनलाई लिफ्ट जडानमा सहयोग गरिएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै जानकी सेवा सदन व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार लखौटियाले भवनको माथिल्लो तलामा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बिरामीहरूलाई असहज भइरहेको महसुस गरी लिफ्ट थप गरिएको प्रस्ट पारे ।

 यस सुविधाले अब सबै वर्गका नागरिकलाई सदनको सेवा लिन सहज हुने उनको विश्वास थियो ।

त्यस्तै, वडा नं. ९ का अध्यक्ष विश्वनाथप्रसाद भगतले जानकी सेवा सदन विराटनगरकै एक महŒवपूर्ण सामाजिक धरोहर भएको चर्चा गर्दै यसको स्तरोन्नतिले स्थानीयका साथै बाहिरबाट आउने सेवाग्राहीलाई समेत ठूलो राहत पुग्ने बताए ।  कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपालप्रसाद गुप्ता, सचिव किशनलाल बोहरा र पूर्वअध्यक्ष रामचन्द्र तापडिया लगायतले सदनको ऐतिहासिक पृष्ठभूमि र यसले पु¥याउ“दै आएको सेवाबारे चर्चा गरेका थिए ।

वि.सं. २०४४ सालमा तत्कालीन रानी ऐश्वर्यबाट उद्घाटन भई सञ्चालनमा आएको सो सदनमा हाल दुई वटा ठूला पटाङ्गिनी र १९ वटा कोठाहरू छन् । विशेषगरी विवाह, व्रतबन्ध, भोज, विभिन्न तालिम, योग शिविर तथा यात्री आवासका लागि प्रयोग हु“दै आएको सो सदनमा पछिल्लो समय पूर्वाधार विकास र सौन्दर्यीकरणका कार्यहरूले तीव्रता पाएका छन् । लिफट सञ्चालनमा आएस“गै यो सामाजिक भवन विराटनगरकै एक नमूना र सुविधासम्पन्न संरचनाका रूपमा स्थापित भएको छ ।
भाषिक शुद्धिकरण मात्र गरि देउ
 

View : 341

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved