Biratnagar, Morang, Nepal
२५ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

तेस्रो इक्वालिटि कप महिला क्रिकेटको उपाधि मोरङलाई

उद्‌घोष सम्वाददाता
२५ फागुन २०८०, शुक्रवार

विराटनगर । तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर–६ स्थित मेरिलिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा मोरङले इलामलाई एक सय रनले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर ब्याटिङ रोजेको मोरङले निर्धारित २० ओभर ३ विकेट गुमाएर १ सय ५३ रनको स्कोर बनाएको थियो ।

मोरङका लागि सानु राजवंशीले ५९ बलमा ९ चौका प्रहार गर्दै ७२ रन बनाइन् । प्रेरणा राना मगरले नटआउट ३१ रनको योगदान गरिन् । इलामकी पस्मिता मुखियाले २ विकेट लिँदा संगिता तामाङले १ विकेट लिइन् ।

१५४ रनको लक्ष्य भेट्न जवाफी ब्याटिङमा उत्रिएको इलामले निर्धारित सवै ओभरमा ५ विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो । इलामकी यमुना राईले सर्वाधिक नटआउट १० रनको योगदान योगदान दिइन् । मोरङकी चाँदनी यादवले ३ विकेट लिँदा कृतिसा धामीले १ विकेट लिएकी थिइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज मोरङकी सानु राजवंशी घोषित भइन् । उत्कृष्ट ब्याटर इलामकी प्रियंका राई, उत्कृष्ट बलर मोरङकी सुवेक्षा लिम्बु र उदयमान खेलाडी सिरहाकी आरुषि साह बनिन् ।

प्रतियोगिताका सवै खेल उत्कृष्ट रुपमा संचालन भएको र उदयीमान महिला क्रिकेट खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिता महत्वपूर्ण साबित भएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविषेक श्रेष्ठले बताए ।

फाल्गुन २२ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको थियो । विजेता मोरङसहित इलाम, सप्तरी र सिरहाका महिला क्रिकेट टोलीले प्रतिष्पर्धा गरेको थियो ।

विजेता उपविजेता लगायतका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मो.साद वावु कुरैशी, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुस श्रेष्ठ, नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविषेक श्रेष्ठलगायतले ट्रफीसहित प्रमाण पत्र वितरण गरेका छन् ।

उपाधि विजेता टिम मोरङलाई सोही अवसरमा विराट मेडिकल कलेजले सेनेटरी प्याडलगायतका सामग्रीहरु वितरण गरेको थियो ।

View : 456

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved