Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

नोवेल हस्पिटलमा अन्तर्राष्ट्रिय नर्स दिवस

उद्‌घोष संवाददाता
३० वैशाख २०८३, बुधवार

विराटनगर । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नोवेल कलेज टिचिङ हस्पिटलले विभिन्न सचेतनामूलक तथा प्रतिभामूलक कार्यक्रम आयोजना गर्दै दिवस मनाएको छ ।

‘हाम्रा नर्स, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन्’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नर्सिङ पेशाको महत्व, सेवाभाव र स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदानबारे विशेष चर्चा गरिएको थियो ।

दिवसको अवसरमा अस्पताल परिसरमा विराटनगरका विभिन्न नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमाणपत्र तह र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको नर्सिङ संघ मोरङकी अध्यक्ष ललिता योञ्जनले जानकारी दिइन् ।

उनले स्वास्थ्य सेवामा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै नर्सहरूले दिनरात बिरामीको सेवामा पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरिन् । 

आधुनिक नर्सिङ सेवाकी प्रवर्तक फलोरेन्स नाइटिङ्गेलको जन्मदिनको स्मरणमा विश्वभर प्रत्येक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ ।

View : 85

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved