Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

‘घर निर्माण प्रदर्शनी’ गर्दै उद्योग संगठन

उद्‌घोष संवाददाता
२ चैत २०८२, सोमवार

विराटनगर । उद्योग संगठन मोरङले पहिलो पटक घर निर्माणसम्बन्धी प्रदर्शनी गर्ने भएको छ । संगठनले चैत १२ देखि १६ गतेसम्म विराटनगरस्थित जैन भवनमा गर्न लागेको यस्तो प्रदर्शनीका लागि तयारी तीब्र पारेको जनाएको छ ।

औद्योगिक तथा व्यावसायिक क्षेत्रको आर्थिक गतिशीलता अभिवृद्धि, बजार प्रवद्र्धन र निर्माण क्षेत्रसम्बन्धी जनचेतना विस्तार गर्न कोशी प्रदेशमै पहिलो घर निर्माण सम्बन्धी प्रदर्शनी अर्थात ‘होम विल्ड एक्जिविसन’ आयोजना गरेको संघका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

प्रदर्शनीको माध्यमबाट नेपाली निर्माण सामग्री तथा सेवाहरूको प्रवद्र्धन, नवप्रवर्तनलाई प्रोत्साहन, घर आवासको उत्कृष्ट डिजाइन, निर्माण सामग्री, प्रविधि र सेवाबीच सहकार्यको विकास, उपभोक्तामा गुणस्तर, दिगोपन तथा आधुनिक निर्माण अभ्यास सम्बन्धी सचेतना अभिवृद्धि गरिने मुख्य उद्देश्य रहेको उनले बताए ।

प्रदर्शनी अवधिभर निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालाहरूको सहभागितामा दैनिक थिमेटिक सेशन, बिटुबी, तथा बिटुसी नेटवर्किङ बैठकहरू समेत आयोजना गरिने जनाइएको छ । 

प्रदर्शनीमा आवास र भवन, प्रमुख निर्माण सामग्री, धारा तथा बाथरुम सामग्री, विद्युतीय सामग्री, फर्निचर तथा सजावट, इन्टेरियर डिजाइनिङ, निर्माण सेवा, प्रविधि र आविस्कार, वित्तीय सहजीकरण र बीमा जस्ता क्षेत्रका ७५ वटा बढी स्टलहरू समावेश हुने जनाएको छ ।

उनले निर्माण क्षेत्रसँग सम्बन्धित नेपाली औद्योगिक उत्पादन तथा सेवाहरूको प्रवद्र्धन, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै यस क्षेत्रलाई सुदृढ बनाउने र बजारलाई थप गतिशीलता प्रदान गर्न समेत सहयोग पुग्ने अपेक्षा लिइएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए ।

View : 71

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved