विराटनगर । झापा ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले प्रतिनिधसभा निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् ।
रास्वपाका बरिष्ठ नेता शाहले आफू निर्वाचित भएको तेस्रो दिनमै १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय झापामा पेश गरेका छन् ।
उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका थिए ।
शाह ६८ हजार ३४८ मत ल्याएर निर्वाचित भएका थिए भने ओलीले १८ हजार ७३४ मत मात्र पाएका थिए ।
जिल्ला निर्वाचन कार्यालय झापाका सुचना अधिकारी प्रेमप्रसाद न्यौपानेका अनुसार बालेन्द्र शाहका प्रतिनिधि नवीन भण्डारीले सोमवार विहान निर्वाचन खर्च विवरण पेश गरेका हुन् ।
बालेन्द्र शाह बालेन झापामा निर्वाचन खर्च विवरण बुझाउने पहिलो उम्मेदवार भएको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयमा बुझाइएको खर्च विवरणमा विभिन्न १० शीर्षकमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चको बिल भर्पाइ र बैंक स्टेटमेन्ट सहितका कागजात पनि संलग्न गरेको बताइएको छ ।
उनका प्रतिनिधिले निर्वाचन कार्यालयको सुचना पार्टीमा खर्च विवरण टाँस गरेर सार्वजनिक गरेको तीन जना साक्षीको नामसहित मुचुल्काको कागजात पनि पेश गरेका छन् ।
उक्त खर्चमा सवारी साधन भाडा, हवाई भाडा, मतदाता प्रशिक्षण कार्यक्रम, खाजा खर्च, नमुना मतपत्र छपाइ, स्टेशनरी खर्च, प्रचार प्रसार सामाग्री र मनोनयन दर्तामा खर्च भएको देखाइएको छ ।
धेरै खर्च घरदैलो कार्यक्रम र सवारी साधन भाडामा लिदा देखाइएको छ ।
View : 41
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved