Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

२८ मोडलसहित सीजी चेष्ट फ्रिजर बजारमा

उद्‌घोष संवाददाता
१८ वैशाख २०८३, शुक्रवार

विराटनगर । सीजी अन्तर्गतका चेष्ट फ्रिजरहरू नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । 

कम्पनीले ११० लिटरदेखि १००० लिटरसम्म क्षमताका २८ मोडल उपलब्ध गराउँदै आएको छ भने कम्प्रेसरमा ५ वर्ष (६० महिना) वारेन्टी प्रदान गरिएको जनाएको छ ।

बढ्दो गर्मीका कारण खाद्य सामग्री सुरक्षित राख्न चुनौती बढिरहेका बेला चेष्ट फ्रिजरको माग पनि बढ्दै गएको छ । सीजीका अनुसार ‘सुपरफास्ट फ्रिजिङ’ प्रविधिले दूध, मासु, तरकारीजस्ता सामग्री लामो समयसम्म ताजा राख्न मद्दत पु¥याउँछ । 

ठूलो स्टोरेज क्षमताका कारण एकैपटक धेरै सामान भण्डारण गर्न सकिने हुँदा व्यवसायी र घरधुरी दुवैका लागि उपयोगी हुने कम्पनीको दाबी छ ।

सीजीले आफ्ना फ्रिजरहरूलाई अस्थिर भोल्टेजमा पनि चल्न सक्ने बलियो कम्प्रेसर, उच्च कुलिङ रिटेन्सन तथा विभिन्न क्षमताका विकल्पसहित बजारमा ल्याएको जनाएको छ । 

साथै ग्राहकलाई लक्षित गर्दै शून्य प्रतिशत ब्याजदरमा  ईएमआई सुविधासमेत उपलब्ध गराइएको छ, जसले साना व्यवसायी र मध्यमवर्गीय परिवारलाई राहत दिने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार देशभर रहेका  सीजी डिजिटल शोरूम, आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत उत्पादनहरू सहज रूपमा उपलब्ध छन् । 

४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा पनि प्रदान गरिदै आएको छ ।

View : 163

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved