खोटाङ । खोटेहाङ गाउँपालिका–८ सिम्पानीका निवासी नायक तथा निर्देशक नवल खड्काले लेखेको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ ।
नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ पाइन प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।
नेपाली चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा आफूले भोगेको सुखदुःखका सङ्गालोलाई पुस्तकमा समेटेका छन् ।
२०७ पृष्ठ लामो यो पुस्तक लेखक खड्का, राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम र कान्तिपुर संवाददाता मनोज बडूले असार १९ गते दार्चुलाको तिंकरमा पुगेर संयुक्त रूपमा विमोचन गरेका हुन् ।
तिङ्कर भञ्ज्याङको १ नम्बर सीमास्तम्भमा आयोजित कार्यक्रममा नायक खड्काले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सशक्त भएर जुट्न देशवासीलाई आग्रहसमेत गरे ।
नायक खड्काले तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न नेपाल सरकारसँग माग गरे ।
पर्यटकीय क्षेत्र तिङ्कर भञ्ज्याङमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सके धार्मिक पर्यटनको ढोका खुल्ने नायक खड्काले बताए ।
तिङ्कर भञ्ज्याङमा आवश्यक पूर्वाधार निर्माण गरिएको खण्डमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने र नेपालले ठूलो परिमाणमा धन आम्दानी गर्न सक्ने जानकारी दिए ।
पुस्तक विमोचन गर्दै नायक खड्काले स्वदेशी चलचित्रको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध नभई आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताए ।
खोटाङमा जन्मिएर राजधानी काठमाडौँमा बस्दै आएका नायक, निर्देशक तथा लेखक खड्का खोटाङ सेवा समाज काठमाडौँ नेपालको अध्यक्षसमेत रहेका छन् ।
करिब तीन दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेका खड्काले आफ्नै लगानीमा नेपाली कथानक चलचित्र ‘दशगजा’, ‘भीमदत्त’, ‘आवाज’, ‘माया बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ प्रदर्शनमा ल्याइसकेका छन् ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved