Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

‘जब कविता जुलुसमा निस्कन्छ’ को गृह विमोचन

उद्‌घोष संवाददाता
२९ पुष २०८१, सोमवार

Advertisement

इटहरी । कविता संग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’ को गृह विमोचन भएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो ।

कवि सुरज रानाद्वारा लिखित उक्त संग्रहमा ४५ वटा कविता समावेश छन् । कवि सुदीप पाख्रिनले संग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना–जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता वाचन गरेका थिए ।

कविता संग्रहमाथि कवि सीमा आभासले चर्चा गरेकी थिइन् । कविले आफनो पहिचान र समुदायको कुरा कवितामार्फत पनि भन्न सकिने र उक्त संग्रहभित्र विद्रोहको स्वरसमेत रहेको उनले बताइन् ।

कार्यक्रमको अर्को खण्डमा ‘सुरजसँग संवाद’ कार्यक्रम आयोजना गरियो । जसमा कवि रानासँग अमित थेवेले प्रश्नोत्तर गरे । कविता लेखन, संग्रह, पहिचान, सम्भव समूहलगायतबारे प्रश्नोत्तर भएको थियो ।

कार्यक्रममा कविहरूलाई कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, कविहरू देवान किराती, डा अस्मिता विष्ट, हेमन यात्री, एकु घिमिरे, किरण टी लिम्बू, भरत दाहाललगायतले मायाको चिनो वितरण गरे । 

क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको संस्थाका सचिव विवेक विवश रेग्मीले जनाए ।

View : 521

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved