विराटनगर । विराटनर–१७ स्थित डीएभी स्कुलको प्राङ्गणमा बहुआयामिक शैक्षिक तथा सांस्कृतिक उत्सव डीएभी तरङ्ग उत्साहका साथ शुक्रबार सम्पन्न भएको छ ।
मुख्य गरी विज्ञान प्रदर्शनीलाई प्राथमिकता दिइएको सो महोत्सवमा कक्षा ५ देखि १२ सम्मका ९० प्रतिशत बढी विद्यार्थीहरूले आ–आफ्ना उष्ट त्कृसिर्जना र प्रतिभा प्रस्तुत गरेका छन् ।
विज्ञान र प्रविधिका नवीनतम आयामहरूलाई समेट्दै विद्यार्थीहरूले ९० बढी आकर्षक स्टलहरू निर्माण गरेका थिए ।
रोबोटिक्स, सौर्य प्रणाली, भौतिकशास्त्र, रसायनशास्त्र, विद्युत र कम्प्युटर प्रविधिसँग सम्बन्धित विविध मोडल तथा प्रोजेक्टहरू प्रदर्शनीको मुख्य आकर्षण बनेका थिए ।
विशेष गरी सिनियर ब्लकका करिव ७०० जना विद्यार्थीहरूले समूहगत रूपमा वैज्ञानिक अवधारणा र प्रयोगहरू प्रस्तुत गर्दै अवलोकनकर्ताहरूलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाउन विद्यार्थीहरूद्वारा निर्मित चित्रकला तथा हस्तकला -आर्ट एन्ड क्राफ्ट_ का सामग्रीहरू पनि प्रदर्शनीमा राखिएका थिए ।
खगोलीय पिण्ड र अन्तरिक्षको प्रत्यक्ष अवलोकनका लागि विशेष रूपमा टेलिस्कोपको व्यवस्था गरिएको थियो, जसले विद्यार्थीहरूलाई रोमाञ्चक अनुभव प्रदान ग¥यो ।
साथै, नजिकिँदै गरेको दशैँ पर्वको अवसरमा सञ्चालन गरिएका स्वादिष्ट खाद्य स्टलहरूले प्राङ्गणको वातावरणलाई झनै उल्लासमय बनाएका थिए ।
महोत्सवमा ५०० भन्दा बढी अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
आफ्ना बालबालिकाहरूको व्यावहारिक क्षमता र उत्कृष्ट प्रोजेक्टहरू देख्दा अभिभावकहरूले खुसी व्यक्त गरे ।
विद्यालयका प्राचार्य रमेशकुमार मिश्राले यस्ता कार्यक्रमहरूले विद्यार्थीमा निहित बहुप्रतिभाको स्फुरण गराउन र सैद्धान्तिक ज्ञानलाई व्यावहारिक शिक्षामा ढाल्न ठूलो सहयोग पु¥याउने बताए ।
शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनको अहोरात्र खटाइ र समर्पणका कारण छोटो समयको तयारीमै कार्यक्रम भव्य रूपमा सफल भएको प्राचार्य मिश्राले बताए ।
View : 310
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved