Biratnagar, Morang, Nepal
२८ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मारवाडी महिला र युवा मञ्चको नयाँ कार्यकारिणी

उद्‌घोष संवाददाता
२८ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाल मारवाडी ब्राह्मण महिला मञ्च र नेपाल मारवाडी युवा मञ्चको नयाँ कार्यकारिणी निर्विरोध निर्वाचित भएको छ । 

महिला मञ्चको अध्यक्षमा मञ्जु जोशी र युवा मञ्चको अध्यक्षमा सांवरमल शर्मा चयन भएका हुन् ।

महिला मञ्चको उपाध्यक्ष नीरु जोशी, महासचिवमा मिनाक्षी पारिक चयन भएका छन् ।

यस्तै, युवा मञ्चको उपाध्यक्षद्वय पंकज मिश्रा, विकास पुरोहित र महासचिवमा जय भरानी चयन भएका छन् । नेपाल मारवाडी ब्राह्मण समाजका उपाध्यक्ष शिवरतन जोशीको संयोजकत्वमा सो समिति निर्विरोध निर्वाचित भएको हो ।

कार्यक्रममा नेपाल मारवाडी ब्राह्मण समाजका अध्यक्ष विजय मिश्र, निवर्तमान अध्यक्ष सुशील जोशी, महासचिव रवीन्द्र शर्मा र समाजका पूर्वअध्यक्ष दुर्गाप्रसाद शर्माको उपस्थिति रहेको थियो । 

त्यस्तै नेपाल मारवाडी ब्राह्मण समाज, नेमा ब्राह्मण महिला मञ्च, नेपाल ब्राह्मण युवा मञ्चका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

View : 36

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved