Biratnagar, Morang, Nepal
२४ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

अक्षयकोषबाट जेहनदार विद्यार्थी सम्मानित

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

विराटनगर । भीष्मराज हिमकला अक्षयकोषबाट चारजना जेहनदार विद्यार्थीहरू सम्मानित भएका छन् । 

मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा अध्ययनरत ओमकुमार बस्नेत, सृष्टि भुजेल, भूमिका बिक र आशिष झाँगडलाई जनही  दुई हजार नगद तथा शैक्षिक सामग्री प्रदान गरिएको जनाइएको छ । 

शिक्षाप्रेमी तथा विद्यालयका पूर्वविद्यार्थी सुवास गौतमले आफ्ना मातापिताको सम्झनामा भीष्मराज हिमकला छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । 

शैक्षिकसत्र २०८२ को सबै परीक्षामा कक्षा १ देखि कक्षा १० सम्म प्रथम, दोस्रो, तेस्रो हुने ३० विद्यार्थीहरूलाई समेत सम्मान गरेको विद्यालयका शिक्षक दिनेश बिष्टले जानकारी दिए । 

नेपाल सरकारद्वारा प्रदान गरिने सीमान्तकृत दलित तथा बालिका छात्रवृत्ति कक्षा १ देखि कक्षा ५ सम्मका ७७ जना विद्यार्थीलाई प्रदान गरिएको छ ।

View : 52

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved