विराटनगर । विराटनगर–५ स्थित किड्स भिलेज स्कुलले साढे चार सय बढी विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मानित गरेको छ ।
स्कुलले बर्षभरी आयोजना गरेका विभिन्न कार्यक्रममा उत्कष्ट हुने विद्यार्थीहरूलाई मेडल, प्रमाण पत्र र शैक्षिक सामाग्रीसहित पुरस्कृत गरेको जनाइएको छ ।
विद्यालयले विगत बर्षदेखि नै विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गर्दै आइरहेको प्रिन्सिपल विजय दाहालले जानकारी दिए ।
विद्यार्थीहरुलाई प्रिन्सिपल दाहालसहित स्कुलका अध्यक्ष मदन खतिवडा, व्यवस्थापन निर्देशक पंकज जैन, निर्देशकहरू निरु पौडेल, नवजित प्रधान, मनोज जैन, विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपाने लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।
स्कुलले खेलकुद सप्ताह अन्तरगत भलिबल, फुटबल, दौड लगायतका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार सम्मान प्रदान गरेको दाहालले बताए ।
विद्यालयले यस प्रकारले हरेक बर्ष प्रदान गर्ने पुरस्कार र सम्मानले विद्यार्थीहरूमा पढाइका साथै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा रुचि बढाउने र चौतर्फी बृत्ति विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष मदन खतिवडाले बताए ।
View : 87
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved