Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

हिसान सुनसरीद्वारा भोटेकोशी बाढीपीडितका लागि ५६ लाख बढी सहयोगको घोषणा

उद्‌घोष संवाददाता
१८ भदौ २०८३, बिहिवार

Advertisement

सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले बाढी तथा डुबान पीडितका लागि ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ सहयोग गर्ने भएको छ । 

हिसान सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी आफ्ना मातहतका शिक्षालयबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिएको हो । 

हिसानका अनुसार इटहरी, धरान तथा रामधुनी–इनरुवा क्लस्टरमा रहेका शिक्षालयबाट  सो रकम संकलन भएको हो । इटहरी क्षेत्रबाट मात्रै ५२ लाख ९३ हजार ६ सय ४२ रुपैयाँ संकलन भएको छ ।

धरान क्षेत्रबाट १ लाख ६० हजार १० रुपैयाँ र रामधुनी–इनरुवा क्षेत्रबाट १ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । इटहरीमा सबैभन्दा बढी विश्व आदर्श एकेडेमीले १२ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ । 

सुष्मा सेकेन्डरी स्कुल तथा कलेजले ११ लाख २९ हजार ७ सय ५५ रुपैयाँ, ग्रीन पिस र इटहरी नमुना कलेजले ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र कस्तुरी कलेजले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । 

त्यस्तै कोशी सेन्ट जेम्स कलेजले ५ लाख ५० हजार, प्रिमियर कलेजले ३ लाख, लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार, पूर्वाञ्चल सेकेन्डरी स्कुलले १ लाख १५ हजार र सीबी रेस सेकेन्डरी स्कुलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । 

धरानमा धरान सेकेन्डरी स्कुलले सबैभन्दा बढी ७५ हजार रुपैयाँ सहयोग गरेको छ । 

त्यसपछि सुनाखरी एकेडेमीले २० हजार १०, धरान आदर्श सेकेन्डरी स्कुलले २० हजार, सियोन इन्टरनेसनल स्कुलले २० हजार, विष्णु मेमोरियल स्कुलले १५ हजार र युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुलले १० हजार रुपैयाँ सहयोग गरेका छन् । 

रामधुनी–इनरुवा क्षेत्रमा लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार र आरम्भ विद्या मन्दिरले २० हजार रुपैयाँ सहयोग गरेका छन् । 

हिसान सुनसरीले बाढी तथा डुबानबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले शिक्षालय, शिक्षक तथा विद्यार्थीबाट सहयोग रकम संकलन गरेको जनाएको छ । 

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि प्रयोग गरिने हिसान सुनसरी अध्यक्ष सागर भट्टराईले जानकारी दिए ।

View : 32

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved