विराटनगर । विराटनगर ओपन स्काउट क्र्युको स्थापना दिवसको अवसर पारेर विराटनगरमा रक्तदान गरिएको छ ।
विराटनगर–७ स्थित सत्यनारायण माविको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेको अध्यक्ष नवलप्रसाद उपाध्यायले बताए ।
विराट मेडिकल कलेजको स्वास्थ्यकर्मीको टोलीको सहयोगमा रक्तदान गरिएको जनाइएको छ ।
विराटनगर ओपन स्काउट क्र्युले हरेक वर्ष स्थापना दिवसको अवसर पारेर रक्तदान लगायतका सेवामुलक कार्यक्रम आयोजना गर्दै आएको छ ।
View : 245
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved