विराटनगर । बोराभित्र राखेर झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलामा फेला परेको शव २१ वर्षीया युवती रमा तिवारीको भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का अनुसार शनिबार विहान ११ बजेतिर रतुवा खोलाको पुलमुनि शव भेटिएको जानकारी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
उक्त शव दमक नगरपालिका–८ बसन्त टोल बस्ने नारायण तिवारीकी छोरी २१ वर्षीया रोमा भनिने रमा तिवारीको रहेको खुलेको डिएसपी खड्काले बताए ।
प्रहरीका अनुसार रमा बुधबार राति आफ्नै घरबाट बेपत्ता भएकी थिइन् ।
सेतो प्लास्टिकको रातो भेष्ट र जिन्सको पाइन्ट लगाएकी महिलाको शव बोराभित्र हालेर फालिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीले शवको पहिचान खुलाउन हुलिया दिएर खोजविन गरेको थियो । सोही क्रममा परिवारका सदस्यले शवको पहिचान गरेपछि पहिचान खुलेको हो ।
प्रहरीका अनुसार रमाको अन्यत्रै हत्या भएको र शव पुलमाथिबाट खोलामा फालिएको हुनसक्ने जनाइएको छ ।
डीएसपी खड्काले शवको पहिचान भएका कारण थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved