Biratnagar, Morang, Nepal
३० कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेले मंसिर २ देखि ५ गतेसम्म केन्द्रीय कार्यक्रम

उद्‌घोष संवाददाता
२९ कार्तिक २०८३, आइतवार

Advertisement

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ । 

पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला सकिए लगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ ।

त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ। भेलामा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।

राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेलापछि मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन् ।

View : 37

३० कार्तिक २०८३, सोमवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved