Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीसीएका विद्यार्थीको विदाइ

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेर कार्यक्रमको उद्‌घाटन

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी-पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति संवेदनशीलता देखाउँदै पानसमा बत्ती बालेर वा गमलामा पानी हाल्ने परम्परागत शैलीको सट्टा 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा क्यूआर कोड मर्फत राहत रकम जम्मा गरेर कार्यक्रमको औपचारिक उद्‌घाटन  गरिएको थियो।
उद्‌घोष संवाददाता
१४ भदौ २०८३, आइतवार

क्यूआर कोणमार्फत पठाएको रकम देखाउँदै बीसीए निर्देशक डा अच्युतराज कट्टेल ।

Advertisement

विराटनगर ।  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा कम्प्युटर एप्लिकेसन संकाय (बीसीए) को अध्ययन पूरा गरेका २०७८ ब्याच (चौथो छिमल) का विद्यार्थीहरूलाई आइतबार एक विशेष समारोहबीच विदाई तथा बधाई ज्ञापन गरिएको छ।

बीसीए आठौं ब्याचका विद्यार्थीहरूको भदौ १० गते अन्तिम परीक्षा सम्पन्न भएसँगै अध्ययन पूरा भएको अवसरमा २०७९ ब्याच (पाँचौं छिमल) का कनिष्ठ विद्यार्थीहरूले विदाई कार्यक्रमको आयोजना गरेका हुन्।

उक्त विदाई कार्यक्रममा फरक र मानवीय सन्देश दिँदै उद्‌घाटन गरिएको थियो।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी-पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति संवेदनशीलता देखाउँदै पानसमा बत्ती बालेर वा गमलामा पानी हाल्ने परम्परागत शैलीको सट्टा 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा क्यूआर कोड मर्फत राहत रकम जम्मा गरेर कार्यक्रमको औपचारिक उद्‌घाटन  गरिएको थियो।

साे उद्‌घाटन  क्याम्पस प्रमुख रामावतार शरणले गरेका थिए।

कार्यक्रम बीसीएका निर्देशक डा. अच्युतराज कट्टेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रसुना दाहाल, अनिष मिश्र, शुभम् विष्ट र कुशल साहको नेतृत्वमा आयोजित उक्त समारोहमा विभिन्न सांस्कृतिक नृत्य, प्रहसन तथा शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए।

View : 337

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved