Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्राइम बैंक इटहरी शाखाद्वारा मृगौलियामा वित्तीय साक्षरता कार्यक्रम

उद्‌घोष संवाददाता
२३ पुष २०८२, बुधवार

सुन्दरहरैंचा (मोरङ)।   प्राइम कमर्सियल बैंक लिमिटेड, इटहरी शाखाले मोरङको सुन्दरहरैंचा–२ मृगौलियामा अवस्थित थानगाछी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका कर्मचारी तथा सदस्यहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बुधबार आयोजित उक्त कार्यक्रममा बैंकिङ सेवा, बचत तथा कर्जाको सही उपयोग, डिजिटल बैंकिङ, वित्तीय योजना तथा वित्तीय अनुशासनका विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा सहभागीहरूलाई दैनिक जीवनमा वित्तीय सचेतना अपनाउँदा हुने फाइदाका बारेमा समेत स्पष्ट पारिएको थियो।

कार्यक्रममा सहकारीका कर्मचारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।

प्राइम कमर्सियल बैंकले समुदायस्तरमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

View : 399

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved