Biratnagar, Morang, Nepal
४ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

‘सामान भेटिएन भने के गर्नुहुन्छ ?’ भन्नेकै घरबाट सशस्त्रले बरामद गर्यो ३ लाख ३८ हजारको अवैध सामान

उद्‌घोष संवाददाता
४ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगर–१४ जतुवास्थित एक घरबाट सशस्त्र  प्रहरीले करिब ३ लाख ३८ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

बुधबार विहान सुरेश यादवको घरमा अवैध सामान लुकाइछिपाइ राखिएको सूचनाका आधारमा खोजतलास गर्दा रजनीगन्धा र विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो ।

सशस्त्र प्रहरीले यादवको घरमा तलासी लिन पुग्दा उनले सामान भेटिएन भने के गर्नुहुन्छ ? मेरो बेइज्जति गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । तर उनकै घरबाट सशस्त्रले रजनिगन्धा र कपडा बरामद गरेको हो ।

विराटनगर भन्सार कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले घरमा खोजतलास गरेको थियो ।

खोजतलासका क्रममा भन्सार मूल्य ३ लाख ३८ हजार ४ सय रुपैयाँ बराबरका सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । 

बरामद सामानसहित घरधनी सुरेश यादवलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

View : 156

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved