विराटनगर । जन्मदिन मनाउँदा केक काट्ने र फजुल खर्च गर्ने सामान्य चलनलाई बदलेर विराटनगरस्थित किड्स भिलेज स्कुलका बालबालिकाहरूले विपदमा परेका नागरिकलाई आर्थिक राहत उपलब्ध गराएका छन् ।
विद्यार्थीहरूले आफ्नो जन्मदिनको खर्च कटाएर संकलन गरेको ३४ हजार ८६५ रुपैयाँ भोटेकोशी क्षेत्रका बाढीपीडित परिवारको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
विद्यालयमा अध्ययनरत बालबालिकाले जन्मदिनका अवसरमा केक नकाटी विद्यालय हातामा राखिएको दानपेटिकामा जनही १०० रुपैयाँका दरले रकम खसाल्ने गरेका थिए ।
आफन्त तथा अभिभावकबाट जन्मदिनमा प्राप्त उपहार र खर्चलाई व्यक्तिगत रमाइलोमा मात्र सीमित नराखी विपत्तिमा परेकाहरूको उद्धारमा जोड्ने उद्देश्यले उक्त रकम संकलन गरिएको थियो ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु-याइरहेको बेला बालबालिकाहरूले देखाएको मानवीय संवेदनशीलता अनुकरणीय बनेको छ ।
किड्स भिलेजका बालबालिकामा सानै उमेरदेखि सेवा, करुणा र सामाजिक उत्तरदायित्वको भावना विकास गराउन विद्यालयले यस्तो अभ्यास गराउँदै आएको शैक्षिक निर्देशक निरु पौडेलले बताइन् ।
मा जम्मा गरेको ३४ हजार ८६५ रुपैयाँ औपचारिक रूपमै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिसकिएको विद्यालयका प्रबन्ध निर्देशक पंकज जैनले जानकारी दिए।
जन्मदिनको अवसर पारेर नानीबाबुहरूले स–सानो रकमबाट सुरु गरेको यो अभियानले विपत्तिको सामना गरिरहेका भोटेकोशी क्षेत्रका बासिन्दाका लागि ठूलो नैतिक र आर्थिक सहारा प्रदान गरेको विद्यालयका प्राचार्य विजय दाहालले बताए ।
View : 65
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved