Biratnagar, Morang, Nepal
१५ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सूर्योदय बचत तथा ऋण सहकारीमा केदार कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति

उद्‌घोष संवाददाता
१५ असार २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगर–५ स्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभाले केदार कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

साधारणसभाबाट गठित नौ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा मेघनाथ रिजाल, सचिवमा हरिप्रसाद अधिकारी र कोषाध्यक्षमा यामुना मेहता छन् ।

समितिको सदस्यहरूमा कौसर खान, रोली भट्टराई, रिना कार्की, अनु आचार्य र विन्दु ढुंगाना छन्  ।

 

त्यस्तै, तुलबहादुर कार्कीको संयोजकत्वमा गठित तीन सदस्यीय लेखा समितिमा टेकबहादुर श्रेष्ठ र शारदा पोखरेल सदस्य छन्  ।

 

संस्थापक अध्यक्ष सुरबहादुर श्रेष्ठका अनुसार, २०५७ सालमा स्थापित सूर्योदय बहुद्देश्यीय सहकारी र २०५२ सालमा स्थापित महिला बचत तथा ऋण सहकारी संस्थाबीच गत फागुन १६ गते एकीकरण प्रक्रिया अघि बढेको थियो ।

सोही एकीकरण पश्चात भएको संयुक्त साधारणसभाको निर्णयअनुसार तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया पूरा गरिएको हो ।

 

दुई संस्था एकीकरण भएर बनेको यस सहकारीमा हाल ८ सय ९० जना शेयर सदस्य आबद्ध छन् ।

निकै बलियो जगमा उभिएको यस संस्थाको वार्षिक कारोबार १० करोड रुपैयाँको हाराहारीमा रहेको छ ।

दुई सफल सहकारीको एकीकरणपश्चात बनेको नयाँ नेतृत्वसँगै संस्थाले थप व्यावसायिक र प्रभावकारी सेवा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

View : 79

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved