विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलले लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ ।
क्लबले सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सहकार्यमा विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजन महतराले विद्यार्थीलाई लागूऔषध दुर्व्यसनका असर तथा यसबाट बच्ने उपायबारे जानकारी गराउँदै सचेतनामूलक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा लायन्स क्लब मल्टिपलका काउन्सिल सदस्य लिला ढुंगेल, डिस्ट्रिक्ट ३२५ ‘सी’ का प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री, पूर्व डिस्ट्रिक्ट गभर्नर रैवतबहादुर कार्की, एरिया चिफ चन्द्र अधिकारी तथा जोन चेयरपर्सन सुवास रिजाललगायतको सहभागिता थियो ।
यसैगरी क्लबले सुनवर्सी नगरपालिकाका दुई जना शारीरिक रूपमा अशक्त व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ। नगरपालिकाको वडा नं. ५ झुंगिटोलका मानिकचन्द ऋषिदेव र वडा नं. २ अमरदहका हरिलाल ऋषिदेवलाई एक-एक थान ह्विलचेयर प्रदान गरिएको हो ।
ह्विलचेयर वितरण कार्यक्रममा कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, लायन्स क्लब मल्टिपलका काउन्सिल सदस्य लिला ढुंगेललगायत क्लबका पदाधिकारीको उपस्थिति थियो ।
दुवै कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष देवकीनन्दन अग्रवालले गरेका थिए। क्लबका सचिव प्रकाश शर्माका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved