विराटनगर । उद्घोष दैनिकका स्तम्भकार प्राडा खगेन्द्र आचार्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
‘सम्पूर्ण नेपालीमाथि आइपरेको यस महाविपत्तिमा सक्दो सहयोग गरौँ, भन्दै प्राडा आचार्य र उनको परिवारका तर्फबाट सो रकम अनलाइनमार्फत कोषको खातामा जम्मा गरिएको हो।
प्राज्ञिक क्षेत्रका साथै समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका प्राडा आचार्यले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सिर्जितआपत्कालीन अवस्थामा राहत तथा उद्धार कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले सो सहयोग उपलब्ध गराएको बताएका छन्।
View : 98
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved