Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

पूर्वमा हिउँको गीतको विमर्श

१२ साउन २०८२, सोमवार

सुन्दरहरैंचा । पोखराका स्रष्टा तीर्थ गुरुङको पछिल्लो पुस्तक ‘हिउँको गीत’ को पूर्वमा विमर्श भएको छ । 

सप्तकोशी साहित्य प्रतिष्ठान, कोशी प्रदेशले इटहरीमा एक कार्यक्रम आयोजना गरेर उक्त कृतिको विमर्श गरिएको हो । 

कोशी प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मनु मञ्जील, डा. अस्मिता विष्ट र जेबी थुलुङले विमर्शमा भाग लिएका थिए ।

कार्यक्रममा कवि एवम् प्रदेश सांसद मीना श्रेष्ठ, प्रा.डा. बद्रीविशाल पोखरेल, सुन्दरहरैंचा साहित्य कला विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, कोशी साहित्य कला प्रतिष्ठान नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाटक समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खालगायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बद्री भिखारी, देवान किराँती, टीका आत्रेय, तिला लेकाली, हेमन यात्री, अमित थेबे, परिक्रमा श्रेष्ठ, श्रीप्रसाद पोखरेल, हेमसागर पोखरेल, धनजित पराजुली, निरज कोइराला, राज माङ्लक, दिलीप राई सगर, सोनु जयन्ती, रामप्रसाद खरेल, जेबी खत्री, टीका मिलन, प्रकाश भट्टराई, प्रिन्स प्रमोदकुमार ढकाल, पुष्पा सायरा, रोमु अधिकारी, जी.बी. गजल, विनोद विवश घिमिरे, केपी घिमिरे, गीताप्रसाद श्रेष्ठ, एकराज भट्टराई, मुना आत्रेय, गीता कुलुङलगायतका स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा कवि चन्द्र गुरुङले उपन्यासकारको जीवनी प्रस्तुत गरेका थिए ।

View : 420

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved