Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

घर निर्माण प्रदर्शनी :

प्रदर्शनीमा सीसीटीभी सर्भिलेन्सका साथ मल्टीप्लेक्स

उद्‌घोष संवाददाता
१६ चैत २०८२, सोमवार

विराटनगर । विराटनगरको अतिथि सदनछेउ मेनरोडमा रहेको मल्टीप्लेक्स इन्फो सिस्टम सीसीटीभी सर्भिलेन्स सम्बन्धी सामग्रीहरूको मुख्य बिक्रेता हो । मल्टीप्लेक्सले जैन भवनमा जारी ‘घर निर्माण प्रदर्शनी २०८२’ मा सीसीटीभी सर्भिलेन्ससहितका सामग्रीहरू राखेको छ । 

कम्पनीका सञ्चालक जयन्त बोथराका अनुसार सीसीटीभी तथा सुरक्षा प्रविधिसम्बन्धी सामग्रीहरूको प्रमुख बिक्रेताका रूपमा स्थापित हुँदै आएको कोशी प्रदेशकै विश्वसनीय बिक्रेता हो । मल्टीप्लेक्स  विश्वप्रसिद्ध चिनिया ब्राण्ड हिक भिजनका उत्पादनहरूको मुख्य बिक्रेता हो ।

उनका अनुसार हिक भिजनले विश्वभर बलियो बजार उपस्थिति बनाएको छ । यसको प्रविधि घरायसी प्रयोगदेखि लिएर व्यावसायिक तथा सार्वजनिक सुरक्षासम्म व्यापक रूपमा प्रयोग हुँदै आएको छ । 

प्रदर्शनीमा राखिएका सीसीटीभी क्यामेराहरू घर, पसल, अफिस, विद्यालय, सभाहल, टोल तथा सार्वजनिक स्थानमा सजिलै जडान गर्न सकिने र उच्च गुणस्तरको भिडियो निगरानी प्रदान गर्ने क्षमताका छन् ।

मल्टीप्लेक्सले सीसीटीभी सर्भिलेन्ससँगै हाजिरी (अटेन्डेन्स) प्रणाली, स्मार्ट इन्टरएक्टिभ बोर्ड, डिजिटल लक सिस्टम, गेट ब्यारिअर, अलार्म सिस्टम, फायर तथा स्मोक डिटेक्टर, अण्डर–भेहिकल सर्भिलेन्स सिस्टमजस्ता विभिन्न सुरक्षा तथा प्रविधि समाधानहरू पनि प्रदर्शनीमा प्रस्तुत गरेको छ ।

यी उपकरणहरूले सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, स्मार्ट र विश्वसनीय बनाउने बोथरा बताउँछन् । 

विशेषगरी व्यवसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था र सार्वजनिक स्थलहरूमा यस्ता प्रविधिको प्रयोग बढ्दो क्रममा रहेको उनी बताउँछन् ।

कम्पनीले बिक्रीपछिको सेवा, जडान सेवा र प्राविधिक परामर्शसमेत उपलब्ध गराउँदै आएको जनाएको छ । 

घर निर्माण तथा सुरक्षासम्बन्धी नवीनतम प्रविधि र सामग्री एकैथलोमा अवलोकन गर्न सकिने यस प्रदर्शनीमा मल्टीप्लेक्स इन्फो सिस्टमको स्टलले आगन्तुकहरूको ध्यान आकर्षित गरिरहेको छ ।

View : 421

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved