Biratnagar, Morang, Nepal
२७ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

२० किलो गाँजा र ब्राउन सुगरसहित हुन्डाई कार बरामद, चालक फरार

उद्‌घोष संवाददाता
२७ असार २०८३, शनिवार

Advertisement

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ लैजान लागिएको करिब २० किलो गाँजा र ब्राउन सुगरसहित एउटा कार सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी मधुमल्लाबाट खटिएको गस्ती टोलीले गत बुधबार राति करिब ८ः५० बजे जहदा गाउँपालिका–१ नयाँबस्ती क्षेत्रमा गस्ती गर्ने क्रममा नयाँबस्तीबाट कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको बा १२ च ७५५२ नम्बरको खरानी रङको हुन्डाई कार शंकास्पद अवस्थामा देखेको थियो । 

प्रहरी टोलीलाई देख्नेबित्तिकै चालकले कार छाडेर फरार भएपछि सशस्त्र प्रहरीले कार नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । 

जाँचका क्रममा कारको सिटमुनि लुकाएर राखिएको अन्दाजी २० किलोग्राम गाँजा तथा ब्राउन सुगर जस्तो देखिने करिब ६० ग्राम (६० प्याकेट) पहेंलो पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको कार, गाँजा तथा लागुऔषधलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । घटनामा संलग्न फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

View : 99

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved