Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उपशाखा विराटनगरमा

उद्‌घोष संवाददाता
१७ भदौ २०८२, मङ्गलवार

विराटनगर । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै विराटनगर–३, कञ्चनबारीमा नया“ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यसस“गै कम्पनीका कार्यालयहरूको कुल संख्या ३५ पुगेको छ ।
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश प्रमुख प्रीति देवले पानसमा बत्ती बालेर र रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेकी हुन् ।

सोही अवसरमा बोल्दै देवले छोटो समयमै ३५ औं शाखा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेकोमा प्रोटेक्टिभ माइक्रोको प्रशंसा गरिन् । उनले सबै बीमा कम्पनीहरूलाई अस्वस्थ प्रतिस्पर्धा नगरी काम गर्न सुझाव दिंदै नियमनकारी निकायको तर्फबाट आवश्यक मार्गदर्शन गर्न तयार रहेको बताइन् ।

कम्पनीका सहायक प्रबन्धक टेकप्रसाद गुरागाईंले कम्पनीको चिनारी दिंदै लघु बीमामार्फत नेपाल सरकारको उद्देश्य प्राप्ति गर्न सधैं प्रतिबद्ध रहने जानकारी गराए ।  कार्यक्रमको सञ्चालन रिजन ढकालले गरेका थिए भने कोशी प्रदेश प्रमुख धना भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उद्घाटन कार्यक्रममा कम्पनीका वित्त विभाग प्रमुख दिपेशकुमार श्रेष्ठ, प्रशासन विभाग प्रमुख टेकप्रसाद गुरागाईंलगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र स्थानीय व्यक्तिहरूको उपस्थिति थियो ।

वि.सं. २०७९ मा स्थापना भएको यस कम्पनीले दुर्गम र ग्रामीण भेगसम्म बीमा सेवा पु¥याउने लक्ष्य राखेको छ । कम्पनीले पूर्वको पा“चथरदेखि पश्चिमको दार्चुलासम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।

View : 522

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved