Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

केशलियामा फोहोर फ्याक्ने ट्यांकर नियन्त्रणमा

उद्‌घोष संवाददाता
११ चैत २०८२, बुधवार

विराटनगर । केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्याङ्करलाई विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो विराटनगर–६ स्थित केशलिया खोलामा फोहोर फालिरहेको अवस्थामा नगर प्रहरीले को १ त ३८८३, को १ त ९४०२ र को २ त ४३७० नम्बरका ट्यांकर नियन्त्रणमा लिएको हो । 

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ ।

केशलिया खोलाको पानी स्थानीय कृषकले पशुपालन र सिंचाइमा समेत प्रयोग गर्ने भएकाले यसको असर गाई, भैंसी जस्ता पशुमा समेत पर्न सक्ने खतरा औंल्याइएको छ ।

यसअघि महानगरले सेफ्टीट्यांकी व्यवसायीहरुलाई बारम्बार सचेत गराउदै खुला स्थानमा फोहोर नफाल्न निर्देशन दिएको थियो । 

महानगरका मेयर नागेश कोइरालाकै उपस्थितिमा व्यवसायीहरुसँग छलफल गरी विराटनगर–१४ जतुवास्थित फोहोर पानी प्रशोधन केन्द्रमै मात्रै शौचालयजन्य फोहोर विसर्जन गर्ने सहमति भएको थियो । 

तर, केही व्यवसायीले उक्त निर्देशन अवज्ञा गर्दै अवैध रूपमा फोहोर फाल्ने कार्य जारी राखेपछि महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो ।

महानगरले नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने र दोषीलाई जरिवाना तथा अन्य कारबाही गरिने जनाएको छ ।

View : 190

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved