Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मेरिल्याण्डका विद्यार्थीले पाए पाँच लाख बढीको पुरस्कार

उद्‌घोष संवाददाता
१६ चैत २०८२, सोमवार

विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजले विद्यार्थीहरूलाई पाँच लाख रुपैयाँ बढीको पुरस्कार वितरण गरेको छ ।

सोमबार कलेजको २१औं वार्षिकोत्सवको सन्दर्भमा आयोजित पुरस्कार वितरण समारोहमा कक्षा १२ को परीक्षामा ३.९६ जीपीए ल्याएर नेपाल उत्कष्ट गरेका ऋदमा कठेत र राजुकुमार यादवलाई जनही ५१ हजार रुपैयाँसहित सम्मानित गरिएको छ । 

कलेजले विभिन्न परीक्षा, आन्तरिक खेलकुद, चित्रकला लगायतका अतिरिक्त क्रियाकलापमा सहभागी भएर उत्कृष्ट भएका २५० बढी विद्यार्थीहरूलाई नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको प्राचार्य लक्ष्मण ढकालले बताए ।

साथै, देश विदेशमा रहेका कलेजका शुभचिन्तकहरूबाट प्राप्त भएका विभिन्न छात्रवृत्ति वापत चार हजार रुपैयाँदेखि ५१ हजार रुपैयाँको छात्रबृत्ति तथा पुरस्कार वितरण गरिएको उनले जानकारी दिए ।

कलेजमा निरन्तर र प्रतिबद्ध भएर एक दिन पनि बिदा नलिइ अध्यापन गर्ने शिक्षकहरू टंक कोइराला, यादव प्रधान, गणेश दाहाल, प्रमोद मण्डल, इश्वरी गौतम, चिरञ्जीवी कोइराला, दिलीप शर्मा र आलमगीर रैनलाई एक महिनाको तलब बराबरको अतिरिक्त रकमसहित सम्मानित गरिएको थियो । 

त्यसैगरी, १५ वर्षदेखि कलेजमा निरन्तर शिक्षण गरिरहेका पंकजकुमार जैन, टंकनाथ कोइराला, सीता भट्टराई, विनोदकुमार मण्डल र दिलीपकुमार सरदार दीर्घ सेवा पदकबाट सम्मानित भएका थिए ।

कलेजका अध्यक्ष गुणराज ढुंगेलसहित कलेजका निर्देशकहरू प्राडा प्रमोदकुमार झा, डा.मनोज गुप्ता, भेषराज पोखरेल, नन्दकिशोर अग्रवाल, प्रदीप भगत, डा. शिवनारायण यादव र जयराज राजवंशीलगायतले विद्यार्थी र शिक्षकहरूलाई पुरस्कार र सम्मानपत्र प्रदान गरेका हुन् ।

कलेजका निर्देशक भेषराज पोखरेलले मेरिल्याण्डले १० बर्षदेखि निरन्तर नेपाल प्रथम भएर उत्कृष्ट नजिता हाँसिल गर्दै आएको बताए । 

व्यवस्थापन, कप्युटर विज्ञा र विज्ञान संकायको अध्यापन गराउँदै मेरिल्याण्ड पूर्वकै प्रमुख शैक्षिक संस्थाका रूपमा स्थापित भइसकेको जानकारी दिए ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved