Biratnagar, Morang, Nepal
१४ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

सीजीको दशैं–तिहार लक्षित महायोजना : भियतनाम भ्रमणदेखि उपकरणसम्म उपहार

उद्‌घोष संवाददाता
१३ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले दसैं–तिहारलाई लक्षित गर्दै ‘भरोसा नेपालीको, उत्सव दशैं–तिहारको’ विशेष योजना सार्वजनिक गरेको छ ।

एक्पेरियन्स लाइफ वीथ सीजी वार्षिक अभियानअन्तर्गत ल्याइएको योजनामा सीजी तथा सीजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत विभिन्न उपहार जित्न सक्ने कम्पनीले जनाएको छ । 

योजनाअन्तर्गत हुने बम्पर लक्की ड्रमा भाग्यशाली विजेताले भियतनाम वा मेघौली सेराई भ्रमण गर्न पाउनेछन् । 

यस्तै, प्रत्येक १५ दिनमा हुने लक्की ड्रमार्फत एक जना विजेताले कुनै पनि पाँचवटा घरायसी उपकरणको बन्डल जित्ने अवसर पाउनेछन् । 

लक्की ड्रमा सहभागी हुन ग्राहकले सीजीका स्मार्ट घरायसी उपकरण खरिद गरेपछि क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गर्नुपर्नेछ ।

कम्पनीका अनुसार योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भएको छ । 

सीजीका उत्पादनहरू देशभरका २२ वटा सीजी डिजिटल तथा ६ वटा एलजी ब्रान्ड शोरुम, आधिकारिक बिक्री केन्द्र तथा कम्पनीको अनलाइन माध्यमबाट खरिद गर्न सकिनेछ ।

View : 35

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved