विराटनगर । राठी केबलले आफ्ना इलेक्ट्रिसियनहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी विशेष उत्पादन ‘राठी फायर–एक्स शून्य ह्यालोजनयुक्त अग्नि प्रतिरोधी तार’ को विशेषताबारे प्रत्यक्ष प्रदर्शन गरेको छ ।
कार्यक्रममा कम्पनीले उक्त तारको अग्नि प्रतिरोधी विशेषता प्रदर्शन गर्दै इलेक्ट्रिसियनहरूलाई आफैँ परीक्षण गर्न आमन्त्रण गरेको थियो ।
उत्पादनको विशेषताबारे विश्वास दिलाउन इलेक्ट्रिसियनहरूलाई लाइटर उपलब्ध गराई तारमा आगो बालेर जाँच गर्न लगाइएको थियो ।
इलेक्ट्रिसियनहरूले आफैँ लाइटर बालेर परीक्षण गर्दा प्रदर्शनका क्रममा तारमा आगो नलागेको देखेपछि उनीहरू आश्चर्यचकित भएका थिए ।
प्रत्यक्ष परीक्षणबाट देखिएको परिणामले इलेक्ट्रिसियनहरूलाई राठीको सो तारको विशेषताप्रति आकर्षित गरेको थियो । राठी केबलका अनुसार शून्य ह्यालोजनयुक्त अग्नि प्रतिरोधी तार विशेष प्रकारको सुरक्षा तार हो ।
आगलागीको अवस्थामा कम धुवाँ उत्पादन गर्ने तथा हानिकारक ह्यालोजनयुक्त ग्यासको उत्सर्जन घटाउने यसको विशेषता रहेको छ ।
विद्युतीय सुरक्षालाई प्राथमिकता दिएर तयार गरिएको यस प्रकारको तार घर, व्यावसायिक भवन तथा अन्य संरचनामा प्रयोग गर्न उपयुक्त हुने कम्पनीले जनाएको छ ।
प्रत्यक्ष परीक्षणमार्फत उत्पादनको विशेषता प्रस्तुत गर्दै कम्पनीले विद्युतीय तार छनोट गर्दा सुरक्षालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ ।
View : 8
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved