Biratnagar, Morang, Nepal
१२ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बढ्दैछ भोटेकोशीको बिनासकारी बाढीमा ज्यान गुमाउनेको संख्या, ४६९ जनाको शव भेटियो

उद्‌घोष संवाददाता
१२ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । भोटेकोशी–त्रिशूली बाढीमा परेर ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । शुक्रबार विहानसम्मको विवरण अनुसार ४६९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रातिसम्म कूल ४६९ जनाको शव फेला परेको हो । बेपत्ता सयौं अझै सम्पर्कमा नआएका कारण संख्या बढ्न सक्ने खतरा उच्च छ ।

प्रहरीका अनुसार बिहीबार बेलुकासम्म रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा ८२, नुवाकोटमा २८, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पश्चिममा १५ जनाको शव फेला परिसकेको जनाइएको छ । 

यसैगरी विभिन्न ठाउँमा फसेकाहरुको उद्धार पनि जारी छ । बिहीबार बिहानदेखि सेनाले हेलिकप्टर र जमिनमार्फत उद्धारका साथै स्वास्थ्य सेवा र राहत वितरणको काम गरिरहेको छ ।

टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ इलाकाबाट १०१ जना विदेशीसहित ६९६ जनाको हेलिकप्टरमार्फत र २०० जनाको जमिनमार्फत जम्मा ८९६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ । 

त्रिशूलीमा स्थापित आपतकालीन उपचार केन्द्रबाट ३५४ र धुन्चेको मेडिकल टिमबाट ५४६ गरी जम्मा ९०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ । 

उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४ हजार २०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १ हजार २०० भन्दा बढी नेपाली सेनाको फौज परिचालन गरिएको छ ।

View : 37

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved