विराटनगर । लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने र पैदल यात्रा गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
१२ जना सिटी सफारी चालक, १ जना अटो(टेम्पो) चालक र एक जना पैदल यात्री गरी १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर, बूढीगंगा, बेलबारी र इटहरीका छन् । विराटनगर घर भएका विवेक महतो, राहुल सहनी, सुनिलप्रसाद नेपाली, प्रदिप खड्का, सुमनसा सुनार, श्रवण सहनी छन् ।
त्यस्तै पक्राउ पर्नेहरूमा अनिराज बास्फोर, बिरू खत्वे, बासुदेव उराव, कालुराम पासवान, सञ्जय पासवानको समेत विराटनगर घर भएकोे प्रहरीले जनाएको छ ।
त्यसैगरी बूढीगंगा घर भएका सन्तोष शाह, बेलबारीका सुकुम लिम्बू र इटहरीका ईश्वर डाँगीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार सोमबार सीमा क्षेत्रमा आवतजावत गर्नेहरूलाई जाँच गर्दा उनीहरूमा लागुपदार्थ सेवन गरेको देखिएको हुँदा उनीहरूलाई समातिएको हो ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved