विराटनगर । मोरङको बूढीगंगा–३ नेमुवा स्थित टंकिसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको सञ्चालक समितिको निर्वाचन आइतबार सम्पन्न भएको छ ।
१० सदस्यीय सञ्चालक समितिका लागि भूवनेश्वर मण्डल र कृष्णबहादुर केसीको दुई समूह र स्वतन्त्र गरी २६ जना चुनावी मैदानमा छन् ।
चार हजार चार सय ४२ जना मतदाता रहेकोमा दुई हजार सात सय ५० जनाले मत खसेको थियो ।
खानेपानीको चुनावमा देखिएको प्रतिस्पर्धा हेर्दा नेतृत्वको लागि ठूलो आकर्षक रहेको देखिन्छ ।
१५ सदस्यीय सञ्चालक समितिका लागि तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने पछि दुई जना मनोनित हुने भएकोले १० जनाको लागि मात्र निर्वाचन भएको हो ।
अध्यक्ष, उपाध्यक्ष, सचिव कोषाध्यक्षसहित पदाधिकारी ४ जना, सदस्य ४ जना , लेखा समिति संयोजक र सदस्य २ जना गरी दश जना सञ्चालक समितिका लागि निर्वाचन भएको हो ।
निर्वाचनमा उपाध्यक्षका लागि चण्डीप्रसाद रेग्मी र मुनामाया वाग्ले, सचिवमा कञ्चन न्यौपाने र राजनकुमार खत्री केसी, कोषाध्यक्षमा गोकुलनाथ मण्डल राजवंशी र प्रेमचन्द थारू प्रतिस्पर्धामा छन् ।
सदस्यहरुमा कोषराज सिग्देल, अञ्जय खुलाल, देवकुमारी निरौला, धु्रव आचार्य, अजय थापा मगर, मोहरम मियाँ, अर्जुनबहादुर बोगटी, अशोक ठाकुर, नजामुद्दिन मियाँ, सञ्जीव यादव, खिलाबहादुर थापा, धनेश्वर राजवंशी, समिम मियाँ र मोहम्मद हकमुदिन प्रतिस्पर्धामा छन् ।
यसैगरी लेखा समिति संयोजकमा जोनसन माझी र मकरबहादुर बुढाथोकी र लेखा समिति सदस्यमा वेदप्रसाद पोखरेल र पूर्णबहादुर केसी छन् ।
मतगणना आज (आइतबार ) राति १० बजेपछि सुरु हुने जनाइएको छ ।
View : 144
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved