काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घट्दा कारोबार रकममा भने उल्लेख्य बृद्धि भएको छ ।
सोमबार नेप्से परिसूचक तीन दशमलव ०७ अंकले घटेर दुई हजार ७६९ दशमलव ०९ को बिन्दुमा कायम भएपनि कारोबार भने १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ३६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री भएको छ ।
सोमबारको कारोबारमा जलविद्युत्, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको उपसूचक बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
सोमबार पाँचवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
View : 147
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved