Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

लेखक संघ कोशीद्वारा सल्लाहकार समिति गठन

उद्घोष सम्वाददाता
१८ चैत २०८०, आइतवार

विराटनगर । नेपाली लेखक संघ कोशी प्रदेशको पहिलो बैठकले सल्लाहकार समिति गठनसहित विभिन्न निर्णय गरेको छ ।

शनिबार संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

समितिमा अग्रज साहित्यकार डा. गोपाल भण्डारी(सुनसरी),  प्राज्ञ विवश पोखरेल (मोरङ), विमल वैद्य (इलाम), केशव आचार्य (झापा) र डा. विमला श्रेष्ठ (मोरङ)लाई सल्लाहकारमा मनोनित गरेको महासचिव मीनकुमार नवोदितले जानकारी दिए । 

त्यस्तै प्रदेश कार्यसमितिमा झापाकी गीता निरौलालाई मनोनित गरिएको छ । त्यस्तै सो बैठकले अध्यक्ष गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, महासचिव मीनकुमार नवोदित, सचिव वासुदेव पोखरेल र कोषाध्यक्ष लक्ष्मी रायमाझी रहने गरी ५ सदस्यीय सचिवालय समितिसमेत गठन गरेको छ ।

View : 105

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved