Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

कुम्भ मेलामा दोस्रो महास्नान

उद्घोष सम्वाददाता
१२ वैशाख २०८१, बुधवार

महास्नानमा शरीक भइ फर्कदै बालसन्त मोहनशरण देवाचार्यलगायत । तस्वीर: मणिराम दाहाल/ उद्घोष

सुन्दरहरैंचा । सुनसरीको  चतराधाम (प्राचीन हरिद्वार) मा जारी बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ अन्तर्गत वराहक्षेत्र मन्दिर स्थित कोकाह कौशिकीको संगममा दोस्रो महास्नान (शाहीस्नान) गरिएको छ । 

मंगलबार बिहानको शुभ साहितमा नौमति बाजासहित चतराधामबाट पैदल हिंडेर वराहक्षेत्र मन्दिरको कोकाह कौशिकी संगममा पुगेर महास्नान गरिएको हो ।

महास्नान गर्न चतराधामबाट हजारौ संख्यामा भक्तजनहरू बाजगाजासहित भजन कीर्तन गर्दै वराहक्षेत्र मन्दिर पुगेका थिए । चतराधामबाट  जगदगुरु बालसन्त मोहनशरण देवाचार्य, भारतका जगतगुरु रामदिनेश आचार्यश्री, भारत बिन्द्रावनका महन्त हेमकान्त शरण देवाचार्य महाराजश्री, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की पैदल खालिखुटै वराहक्षेत्र पुगेका थिए । 

महास्नानमा  वडाध्यक्षहरु लगायत शिष्ट, विशिष्ट, सन्त, महन्त, पिठाधीश, साधकी, धर्माचार्य, मठाधीश, समाजसेवी राजनीतिक दलका नेता, धार्मिक व्यक्तित्व, स्थानीय जनप्रतिनिधि , स्थानीयवासी गरी हजारौको सहभागिता रहेको नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्बर पूर्ण महाकुम्भ मेला समितिका सहअध्यक्ष रमेश कार्कीले बताएका छन् ।

View : 122

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved