विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सरकारले पत्रकारितालाई अझै समावेशी र न्यायपूर्ण बनाउन जरुरी रहेको बताएका छन् ।
मन्त्रालयको सहयोगमा सँगालो मिडिया प्रालिद्वारा आयोजित ‘पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिता’ विषयक दुई दिने अन्तरक्रियामा बोल्दै मन्त्री पराजुलीले पछाडि पारिएका वर्ग र क्षेत्रका पत्रकारहरूलाई पत्रकारितामा टिकाइ राख्न सवै क्षेत्रले जिम्मेवारपूर्वक सहयोग गर्नुपर्ने बताए ।
सहभागीहरूले पत्रकारिता क्षेत्रमा सक्रिय रहेका महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति र पिछडावर्गका पत्रकारलाई पेशागत सुरक्षाको ग्यारेन्टी गर्दै सञ्चारक्षेत्रका भौतिक पूर्वाधारलाई अझै अपाङ्गतामैत्री बनाउनुपर्ने बताए ।
प्रदेश सरकारले ल्याएको प्रदेश आम सञ्चारसम्बन्धी ऐनको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने मन्त्री पराजुलीले प्रतिबद्धता जनाए ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाललगायतका पत्रकारसम्वद्ध विभिन्न संघ संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो । सोही अवसरमा वरिष्ठ पत्रकार यज्ञ शर्माले ‘कोशी प्रदेश पत्रकारिता क्षेत्रको समस्या र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved