ताप्लेजुङ । समुद्र सतहदेखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल तालिका सार्वजनिक गरिएको हो ।
आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिता आयोजना हुन लागेको छ ।
लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फक्ताङलुङ गाउँपालिकाको पाँच हजार तीन सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७०० मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित ऐतिहासिक ८०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एक साथ खेल तालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको तालिका अनुसार उद्घाटन खेलमा आयोजक ताप्लेजुङ ११ र जर्जियन युनाइटेड फुटबल क्लब भारतबिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै भदौ १३ गतेको हुने क्वार्टर फाइनलको दोस्रो खेलमा चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लबबिच प्रतिस्प्रधा हुने छ ।
तालिका अनुसार भदौ १४ गते हुने तेस्रो खेलमा सात दोबाटे फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लबबिच खेल हुने भएको छ । यस्तै क्वाटर फाइनल चरणको अन्तिम खेलमा झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । सेमिफाइनल चरणका खेलहरू भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते हुनेछ ।
समितिले क्वाटर फाइनल चरणका चार ओटा खेलका लागि नगद २०० रुपियाँ, सेमिफाइनल चरणका लागि तीन सय र फाइनलका लागि पाँच सय रुपियाँ टिकट दर निर्धारण गरेको छ ।
यस वर्षको प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार त्रियासी रुपियाँ र उपविजेताले नगद तीन लाख बाहुन्न हजार त्रियासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटर साइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको समितिले जनाएको छ । नेपाल न्युज बैंक
View : 47
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved