Biratnagar, Morang, Nepal
२४ असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालय एमफिल पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशित

उद्‌घोष संवाददाता
२३ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर  ।  पूर्वाञ्चल विश्वविद्यालय, व्यवस्थापन सङ्काय अन्तर्गत सञ्चालित 'एमफिल कार्यक्रमको सन् २०२६ ब्याच, पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशित भएको छ।

विश्वविद्यालय व्यवस्थापन सङ्कायले  आज  शुक्रबार  (असोज २३ गते )  औपचारिक रूपमा परीक्षाफल सार्वजनिक गरेको हो।

 

साे छिमलकाे भर्ना तथा अभिमुखीकरण कार्यक्रम गत चैत्र महिनामा सम्पन्न भएको थियो।

अभिमुखीकरणलगत्तै चैत्र महिनाकै दोस्रो हप्ताबाट नियमित पठनपाठन सुरु गरिएको थियो।

तोकिएको शैक्षिक क्यालेन्डर अनुसार नै भाद्र पहिलो हप्तामा पहिलो सेमेस्टरको पठनपाठन पूर्ण रूपमा सम्पन्न भएको  पूवि पीएचडी तथा एमफिल कार्यक्रम निर्देशक प्राडा जीवनकुमार ढकालले बताए ।

  साे छिमलकाे लािग  असोज ७ गतेबाट सञ्चालन भएको परीक्षा असोज १५ गते सकिएको थियो।

 

परीक्षा सकिएको छोटो समयमै (८ दिनभित्रै) विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको हो।

तोकिएकै समयसीमाभित्र पठनपाठन, परीक्षा र परीक्षाफल प्रकाशनको कार्य सम्पन्न भएपछि विद्यार्थीहरूसमेत हर्षित भएका छन्।

View : 317

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved