विराटनगर । मोरङ जिल्लाका विभिन्न सीमा क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १० लाख ५२ हजार ३२० रुपैयाँ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली ल्याइएका विभिन्न जातका फूलका बिरुवा, सिटी सफारी, मोटरसाइकल, लत्ताकपडा, आयुर्वेदिक औषधि तथा मदिरा नियन्त्रणमा लिइएको हो । बरामद गरिएका फूलका बिरुवा प्लान्ट क्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।
सिटी सफारी, लत्ताकपडा, आयुर्वेदिक औषधि तथा मदिरालाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।
यसैबीच, सुन्दरहरैँचा नगरपालिकाको गछिया खोला र उर्लाबारी नगरपालिकाका विभिन्न क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा तथा बालुवा लोड गरिरहेको अवस्थामा तीनवटा ट्याक्टरसमेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकामा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ ।
View : 117
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved