विराटनगर । सामसङ नेपालले मनसुनलाई लक्षित गर्दै आफ्ना टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याकसहित आकर्षक उपहार योजना ल्याएको छ ।
कम्पनीले नयाँ प्रविधियुक्त टिभी, वासिङ मेसिन र रेफ्रिजेरेटर खरिद गर्ने ग्राहकलाई विभिन्न छुट तथा उपहार उपलब्ध गराउने जनाएको छ ।
अफरअन्तर्गत चुनिएका होम अप्लायन्सेसमा अधिकतम २३ प्रतिशतसम्म तत्काल क्यासब्याक पाइनेछ । साथै, चुनिएका टिभी मोडल खरिदमा १२ महिनासम्मको निःशुल्क नेटटीभी सदस्यता र केही मोडलमा निःशुल्क साउन्डबार उपलब्ध गराइनेछ।
वासिङ मेसिनतर्फ ९ देखि ११ केजी क्षमताका एआई इकोबबल वासर ड्रायरमा २३ प्रतिशतसम्म र ९ देखि १२ केजीका एआई इकोबबल फ्रन्ट लोडमा २२ प्रतिशतसम्म क्यासब्याक दिइनेछ ।
पूर्ण स्वचालित टप लोड र सेमी अटोमेटिक टप लोड वासिङ मेसिनमा १२ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ। चुनिएका मोडलमा सर्फ एक्सेल म्याटिक पाउडरसमेत निःशुल्क उपलब्ध हुनेछ ।
रेफ्रिजेरेटरतर्फ ७०० लिटरको साइड–बाइ–साइड मोडलमा ११ प्रतिशत, ३५० देखि ४१९ लिटरको ५–इन–१ मोडलमा १५ प्रतिशत, २५३ देखि २७५ लिटरको डबल डोरमा १७ प्रतिशत र १९२ देखि २३० लिटरको सिङ्गल डोर मोडलमा १५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।
टिभी खरिदमा पनि विभिन्न आकर्षक योजना राखिएको छ। ५५ देखि ६५ इन्चका नियो क्यूएलईडी टिभीमा ७ प्रतिशत, ७५ देखि ८५ इन्चका मिनी एलईडीमा ६ प्रतिशत, ५५ देखि ६५ इन्चका क्यूएलईडीमा १८ प्रतिशत, ४३ देखि ७५ इञ्चका यूएचडीमा १२ प्रतिशत, ४३ इन्चको एफएचडीमा ७ प्रतिशत र ३२ इञ्चको एचडी टिभीमा २१ प्रतिशतसम्म क्यासब्याक पाइनेछ।
८५ इञ्चको मिनी एलईडी तथा ७५ इन्चको यूएचडी टिभी खरिदमा ४९ हजार ९९९ रुपैयाँ मूल्यको साउन्डबार निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस्तै, टिभीको विभिन्न मोडलमा ६ देखि १२ महिनासम्मको निःशुल्क नेटटीभी सदस्यता उपलब्ध हुनेछ ।
यसैगरी, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट ग्राहकले सामसङका होम अप्लायन्सेस २४ महिनासम्मको ईएमआई योजनामा खरिद गर्न सक्नेछन् । नयाँ उपकरणमा अपग्रेड गर्न चाहने ग्राहकले आफ्ना पुराना उपकरण आर्कोस्टोर वा नेपालभर रहेका सामसङका अधिकृत खुद्रा पसलमार्फत साट्न सक्ने व्यवस्था पनि गरिएको छ ।
सामसङका अनुसार मनसुन अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ । अफरबारे थप जानकारीका लागि ग्राहकले नजिकैको सामसङ अधिकृत स्टोरमा सम्पर्क गर्न सक्नेछन् ।
View : 20
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved